कोरोनाविरुद्धको खोप नेपाल ल्याउन अझै दुई साता लाग्‍ने

होमल्याण्ड खबर

२०७७ माघ ७ गते, बुधबार १२:५५ मा प्रकाशित

भारतले अनुदानमा दिने भनिएको कोरोनाविरुद्धको खोप नेपाल ल्याउन अझै दुई साता लाग्‍ने भएको छ ।

नेपाललगायत छिमेकी मुलुकहरुलाई भारतले अनुदानमा दिने भने पनि सबै प्रक्रिया पुर्‍याएर नेपाल भित्र्याउन दुई साता लाग्‍ने कोभिड १९ खोप सचिवालय सदस्य डा. श्यामराज उप्रेतीले बताए।

भारतको विदेश मन्त्रालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाललगायत छिमेकी राष्ट्रहरुलाई अनुदानमा खोप उपलब्ध गराउने जानकारी गराएको थियो ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलनमार्फत काेराेना खाेप नेपालमा कति र कहिले ल्याउने भन्नेबारे जानकारी गराउने जनाएको छ ।