कोरोना विरुद्धको खोप अभियान सुरु भएकोमा हर्षित छुः राष्ट्रपति भण्डारी

होमल्याण्ड खबर

२०७७ माघ १४ गते, बुधबार ११:५९ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वमा कोभिड–१९ को खोप लगाउन प्रारम्भ भएको डेढ महिना भित्रै नेपालले पनि खोप अभियान सुरु भएकोमा हर्षित रहेको बताइकी छन् ।

कोभिड–१९ विरुद्धको खोप अभियानको शुभारम्भ कार्यक्रममा सन्देश पठाउँदै उनले विश्वभर फैलिएको महामारीका कारणा लाखौँले ज्यान गुमाएको र करौडौँ प्रभावित रहेको  र यसबाट नेपाल पनि अछुतो रहन नसकेको उल्लेख गरिन् ।

उनले उनले कोभिड महामारीमा अग्रपंतिमा रहेका काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाइकर्मी लगायतलाई धन्यवाद दिँदै यस अवस्थामा साथ दिने सम्पूर्णप्रति आभार व्यक्त गरेकी छन् ।

महामारीको नियन्त्रणमा लिन वैज्ञानिकहरुले गरेको अनुसन्धान तथा खोप उत्पादनबाट विश्वमा नै नयाँ आशा पलाएको सन्देशमा उल्लेख गरिएको छ । साथै राष्ट्रपति भण्डारीले खोपको अनुसन्धान गर्ने र विकास गर्ने सम्पूर्ण वैज्ञानिकहरुलाई नेपालको तर्फबाट धन्यवाद समेत दिएकी छन् ।

सरकारले खोप लगाउन आवश्यक नागरिकलाई चरणबद्ध रुपमा निःशुल्क उपलब्ध गराउने सन्देशमा उल्लेख छ ।

राष्ट्रपति भण्डारीले खोप लगाईसकेपनि मास्क लगाउन, सामाजिक दुरी कायम गर्न तथा बेला बेला साबुनपानीले हात धुन अनुरोध गरेकीछन् ।