काठमाडौं विश्वकै नवौं प्रदूषित शहर बन्यो

होमल्याण्ड खबर

२०७७ माघ १५ गते, बिहीबार ११:१० मा प्रकाशित

काठमाडौं उपत्यका विश्वकै नवौं प्रदूषित शहर बनेको छ ।

आज (बिहीबार) बिहान वायु प्रदूषण बढेसँगै काठमाडौं उपत्यका विश्वकै नवौं प्रदूषित शहर बनेको हो ।आज बिहान ९ः१९ बजेको काठमाडौंको एक्यूआई १८२ रहेको छ।

गत महिना काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) विश्वकै सबैभन्दा बढी ४८७ भएपछि क्रमशः विस्तारै घटेको थियो ।

कीर्गिस्तानको बिश्केक ४७३ एक्यूआईसहित विश्वकै पहिलो प्रदूषित शहरको स्थानमा छ ।

पाकिस्तानको कराँची २५३ सहित दोस्रो, भारतको दिल्ली २४१ सहित तेस्रो तथा बंगलादेशको ढाका २३९ सहित चौथो स्थानमा छ । दक्षिण एसियाली राष्ट्रहरु नेपाल, भारत, पाकिस्तान र बंगलादेश सबैभन्दा धेरै प्रदूषित देखिएका छन् ।