त्रिपुरेश्वरबाट अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ

होमल्याण्ड खबर

२०७७ माघ १५ गते, बिहीबार १६:२८ मा प्रकाशित

 अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ परेका छन् ।  उखु किसानको बक्यौता रकम नतिरेको र ठगी मुद्दामा अग्रवाललाई बुधबार साँझ त्रिपुरेश्वरस्थित निवासबाट पक्राउ गरिएको हाे । उनीविरुद्ध पश्चिम नवलपरासी र सर्लाही जिल्ला अदालतबाट ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । राकेशको स्वामित्वमा रहेको इन्दिरा सुगर मिल नवलपरासीको प्रतापपुरमा रहेको छ भने अन्नपूर्ण सुगर एण्ड जनरल इन्डष्ट्रिज सर्लाही जिल्लामा रहेको छ । गत ३० मंसिरमा उखु किसानलाई भुक्तानी नदिने उद्योगलाई पक्राउ गरी रकम असुल्ने निर्णय गृह मन्त्रालयले गरेको थियो ।यसअघि २०७५ कात्तिकमा पनि उनी उखु किसानलाई भुक्तानी नदिएको अभियोगमा उनलाई पक्राउ गरीएको थियोे । अग्रवाललाई प्रहरीले आजै सर्लाही पठाउने जनाएको छ ।