विश्वभर संक्रमितको संख्या १० करोड ३१ लाख नाघ्यो, २२ लाख २७ हजार बढीको मृत्यु

होमल्याण्ड खबर

२०७७ माघ १८ गते, आईतवार १०:३१ मा प्रकाशित

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या १० करोड ३१ लाख नाघेको छ । वल्र्डोमिटर्सका अनुसार आइतबार (आज) विहानसम्म विश्वभर कोरोना संक्रमितहरुको संख्या १० करोड ३१ लाख ०७ हजार ९६३ पुगेको हो । त्यस्तै, हालसम्म विश्वमा २२ लाख २७ हजार ७३२ संक्रमितहरुको मृत्यु भइसकेको छ । यसैबीच ७ करोड ४७ लाख ३६ हजार ७६६ जना संक्रमितहरु डिस्चार्ज भइसकेका छन् । हाल विश्वमा २ करोड ६१ लाख ३९ हजार ४८७ वटा कोरोनाका सक्रिय केसहरु रहेका छन्, भने ७ करोड ६९ लाख ६८ हजार ४७६ वटा कोरोनाका केसहरु बन्द भइसकेका छन् ।

विश्वमै कोरोना संक्रमणका कारण सबै भन्दा बढी अमेरिका प्रभावित बनेको छ । जहाँ संक्रमितहरुको संख्या २ करोड ६६ लाख ५५ हजार ७४० पुगेको छ । जसमध्ये ४ लाख ५० हजार ३८१ संक्रमितहरुको मृत्यु भइसकेको छ, भने १ करोड ६३ लाख २८ हजार ९५० जना संक्रमितहरु डिस्चार्ज भइसकेका छन् । त्यस्तै, दोस्रो सबै भन्दा बढी प्रभावित देश छिमेकी राष्ट्र भारत हो, जहाँ संक्रमितको संख्या १ करोड ७ लाख ४७ हजार ०९१ पुगेको छ, भने १ लाख ५४ हजार ३१२ संक्रमितहरुको मृत्यु भइसकेको छ । त्यस्तै, १ करोड ०४ लाख २२ हजार १०९ संक्रमितहरु निको भइसकेका छन् ।

तेस्रो बढी प्रभावित देश ब्राजिल हो, जहाँ संक्रमितको संख्या ९१ लाख ७६ हजार ९७५ पुगेको छ । यसैबीच २ लाख २३ हजार ९७१ संक्रमितहरुको मृत्यु भइसकेको छ, भने ७९ लाख ९८ हजार २४६ संक्रमितहरु निको भइसकेका छन् ।  चौथो बढी प्रभावित देश रसिया हो, जहाँ संक्रमितको संख्या ३८ लाख ३२ हजार ०८० पुगेको छ । यसैबीच ७२ हजार ६९७ को मृत्यु भइसकेको छ, भने ३२ लाख ७९ हजार ९६४ संक्रमितहरु निको भइसकेका छन् ।  विश्वनै आक्रान्त बनाएको कोरोना संक्रमणबाट नेपाल पनि अछुतो रहन सकेन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा संक्रमितको संख्या २ लाख ७० हजार ८५४ पुगेको छ । जसमध्ये २ हजार २७ संक्रमितको मृत्यु भइसकेको छ, भने २ लाख ६६ हजार ०४८ संक्रमितहरु निको भइसकेका छन् ।