एक्लै विदेश भ्रमणमा जाने महिलालाई परिवारको सहमति र वडाको सिफारिस अनिवार्य

होमल्याण्ड खबर

२०७७ माघ २८ गते, बुधबार १२:०९ मा प्रकाशित

एक्लै विदेश भ्रमणमा जाने महिलाहरूको लागि अध्यागमन विभागले कार्यविधि संशोधन प्रस्ताव गरेको छ।   विभागले अध्यागमन कार्यविधि २०६५ को भिजिट भिसासम्बन्धी व्यवस्थालाई संशोधन गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको हो।  अब नयाँ कार्यविधिअनुसार ४० वर्षमुनिका महिलाहरू एक्लै विदेश जाँदा अब वडा कार्यालयको र पारिवारिक सहमति अनिवार्य चाहिने भएको छ।

मानव तस्करी बढेको, शोषणमा परेको, समस्यामा भए उद्धार गर्न नसकिएको, औषधी उपचार नपाएर बिजोग भएको अवस्थालाई मध्यनजर गर्दै कार्यविधि संशोधन प्रस्ताव गरिएको विभागले जनाएको छ।

४० वर्षमुनिका महिला एक्लै भ्रमणमा जाँदा वडा कार्यालय र परिवारको सहमति लिएर मात्र जानु पर्नेछ। कतिपय महिलाहरू परिवारको सहमतिबेगर पनि हिँड्ने गरेकाले त्यसलाई कडाइ गर्न पारिवारिक सहमति खोजिएको विभागका सूचना अधिकारी टेकनारायण पौडेलले बताए।

त्यस्तै, त्यसरी विदेश जाने महिलाका लागि पन्ध्र लाखसम्मको निर्जीवन दुर्घटना बिमा अनिवार्य बनाउनुपर्ने छ।