८ जेष्ठ २०८३, शुक्रबार
राष्ट्रिय परीक्षा बोर्डले परिक्षामा टिकटक बनाउने एक विद्यार्थीको परिक्षा रद्द गरेको छ । कक्षा १२ को परीक्षामा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने दैलेखको कालीका माविबाट परीक्षा दिएका रोशनकुमार शाहीको परीक्षा रद्द गरिएको हो ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार गएको मंसिरमा भएको परीक्षामा उनले परीक्षा दिएकै बेला टिकटक बनाएकाले उनको चालु खण्डको परीक्षा रद्द गरिएको छ । त्यस्तै, विद्यालयमा निरीक्षकका रुपमा खटिएका शिक्षक कमलबहादुर शाही र केन्द्राध्यक्ष चक्रबहादुर शाहीलाई पनि बोर्डले तीन वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी विभागीय कारबाही गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको छ ।


