९ मंसिर २०८१, आईतवार
लामो प्रतिक्षापछि मेलम्चीको पानी उपत्यका बासीको घरमा आउने बाटो खुलेको छ । सोमबार खानेपानी मन्त्री मणिचन्द्र थापाले मेलम्ची सुरूङमा पानी परीक्षण गर्ने कामको सुरूवात गरेका छन्।
मेलम्चीको पानी सुरूङ मार्गमा पानी प्रवेश गराउन युवा तथा खेलकुद मन्त्री दावा तामाङ र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले संयुक्त रुपमा गरेका थिए ।
यसभन्दा पहिला खानेपानी मन्त्री विना मगरका पालोमा पनि गत असारमा सुरूङ परीक्षण गर्दा दुर्घटना भएर आयोजनाका दुई कर्मचारीको मृत्यु भएको थियो। त्यसैले आजको सुरूङमा पानी पठाउन पहिला आज उद्दारका लागि हेलिकप्टर समेत तयारी अबस्थामा राखिएको थियो ।
हाललाई अस्थायी बाँध बनाएर सुरूङ मार्गमा पानी पठाउन थालिएको छ। सुरूङमा प्राविधिक मापदण्डअनुसार प्रतिसेकेन्ड २६० लिटरका दरले पानी प्रवाह गरिएको छ। सुरूङ २६ किलोमिटरको छ।
सुरूङमा पानी पठाउन सुरू गरेपछि मेलम्ची खोला, अडिट टनेल रहेको स्थान सिन्धु, ग्याल्थुमलगायत क्षेत्रमा कुनै पनि बेला पानीको बहाब बढ्न सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ।