९ मंसिर २०८१, आईतवार
विश्वकपको ऐतिहासिक पहिलो खेलमा उपाधि दावेदार अर्जेन्टिनालाई बराबरीमा रोकेर सनसनी मच्चाएको आइसल्याण्डले आज समूहको अर्को खेलमा अफिक्री प्रतिस्पर्धी नाइजेरियाको सामना गर्नेछ । विश्वकप खेल्ने सबैभन्दा सानो टोलीको महान खेल आइल्याण्डबिरुद्ध नाइजेरियाः गर या मर
विश्वकपको ऐतिहासिक पहिलो खेलमा उपाधि दावेदार अर्जे्न्टिनालाई बराबरीमा रोकेर सनसनी मच्चाएको आइसल्याण्डले आज समूहको अर्को खेलमा अफिक्री प्रतिस्पर्धी नाइजेरियाको सामना गर्नेछ । विश्वकप खेल्ने सबैभन्दा सानो टोलीको महान खेल अर्जेन्टिनाबिरुद्ध देखिसकिएको छ ।
रुसको भोल्गोग्राड एरिनामा नाइजेरियाबिरुद्ध पनि उनीहरु त्यही लयलाई निरन्तरता दिने प्रयासमा हुनेछन् । यता पहिलो अेलमा क्रोएशियासँग २–० ले हारेको नाइजेरियाका लागि भने यो खेल ‘गर या मर’को रुपमा छ ।
आइसल्याण्डका प्रशिक्षक हेइमिर हलग्रिम्सनले भनिसकेका छन् कि आफ्नो टिमबिरुद्धको आजको खेलमा नाइजेरियाली टोली अधिक आक्रामक हुनेछ ।
हलग्रिम्सनको टोलीले विश्वकपको इतिहासमै आफ्नो पहिलो खेलमा विश्व फुटबलको महारथी टोलीबिरुद्ध सनसनीपूर्ण प्रदर्शन गरेको थियो । लियोनल मेस्सी र अर्जेन्टिना आइसल्याण्डसँग १–१ को बराबरीमा रोकिएको थियो ।
यता नाइजेरियाले क्र्रोएशियाबिरुद्ध बिर्सनलायक २–० को हार ब्यहोरेको थियो । त्यस खेलमा उसको प्रदर्शन पनि अपेक्षाकृत कमजोर देखिएको थियो ।