विश्वभर संक्रमितको संख्या ११ करोड ३५ लाख नाघ्यो, २५ लाख १८ हजार बढीको मृत्यु

होमल्याण्ड खबर

२०७७ फाल्गुन १४ गते, शुक्रबार १०:१५ मा प्रकाशित

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ११ करोड ३५ लाख नाघेको छ । वल्र्डोमिटर्सका अनुसार शुक्रबार (आज) विहानसम्म विश्वभर कोरोना संक्रमितहरुको संख्या ११ करोड ३५ लाख ३२ हजार ९६२ पुगेको हो ।

त्यस्तै, हालसम्म विश्वमा २५ लाख १८ हजार ३२२ संक्रमितहरुको मृत्यु भइसकेको छ । यसैबीच ८ करोड ९१ लाख २० हजार ६९२ जना संक्रमितहरु डिस्चार्ज भइसकेका छन् । हाल विश्वमा २ करोड १८ लाख ९३ हजार ्र९४८ वटा कोरोनाका सक्रिय केसहरु रहेका छन्, भने ९ करोड १६ लाख ३९ हजार ०१४ वटा कोरोनाका केसहरु बन्द भइसकेका छन् ।

विश्वमै कोरोना संक्रमणका कारण सबै भन्दा बढी अमेरिका प्रभावित बनेको छ । जहाँ संक्रमितहरुको संख्या २ करोड ९० लाख ५२ हजार २३२ पुगेको छ । जसमध्ये ५ लाख २० हजार ७६६ संक्रमितहरुको मृत्यु भइसकेको छ, भने १ करोड ९४ लाख ३५ हजार ४१६ जना संक्रमितहरु डिस्चार्ज भइसकेका छन् ।

त्यस्तै, दोस्रो सबै भन्दा बढी प्रभावित देश छिमेकी राष्ट्र भारत हो, जहाँ संक्रमितको संख्या १ करोड १० लाख ६३ हजार ०३८ पुगेको छ, भने १ लाख ५६ हजार ८६१ संक्रमितहरुको मृत्यु भइसकेको छ । त्यस्तै, १ करोड ०७ लाख ४८ हजार ७५९ संक्रमितहरु निको भइसकेका छन् ।

तेस्रो बढी प्रभावित देश ब्राजिल हो, जहाँ संक्रमितको संख्या १ करोड ३ लाख ९३ हजार ८८६ पुगेको छ । यसैबीच २ लाख ५१ हजार ६६१ संक्रमितहरुको मृत्यु भइसकेको छ, भने ९३ लाख २३ हजार ६९६ संक्रमितहरु निको भइसकेका छन् ।

चौथो बढी प्रभावित देश रसिया हो, जहाँ संक्रमितको संख्या ४२ लाख १२ हजार १०० पुगेको छ । यसैबीच ८४ हजार ८७६ को मृत्यु भइसकेको छ, भने ३७ लाख ६७ हजार ६६४ संक्रमितहरु निको भइसकेका छन् ।

विश्वनै आक्रान्त बनाएको कोरोना संक्रमणबाट नेपाल पनि अछुतो रहन सकेन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा संक्रमितको संख्या २ लाख ७३ हजार ८७२ पुगेको छ । जसमध्ये २ हजार ७ सय ६७ संक्रमितको मृत्यु भइसकेको छ, भने २ लाख ७० हजार २२३ संक्रमितहरु निको भइसकेका छन् ।