७ जेष्ठ २०८३, बिहीबार
नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै हालसम्म संक्रमण हुनेको संख्या २ लाख ७३ हजार ९ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५४ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।हालसम्म भाइरसमुक्त हुनेको संख्या २ लाख ७० हजार २ सय ७७ पुगेको छ । हाल ९ सय ३६ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ४ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मुलुकभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ७१ पुगेको छ ।