ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा ४० घर जलेर नष्ट (अपडेट)

होमल्याण्ड खबर

२०७७ फाल्गुन १८ गते, मंगलवार १२:०५ मा प्रकाशित

ताप्लेजुङको मेरिङ्देन गाउँपालिका—३ तथा जिल्लाकै दोस्रो ठूलो बजार दोभान बजारमा आगलागी भइरहेको छ ।

आज बिहान १० बजे भोला पौडेलका घरबाट विद्युत सर्ट भइ सुरु भएको आगलागीबाट अहिलेसम्म ४० घर जलेर पूरै नष्ट भएका छन्।

४० घरमा रहेका करिब ८० वटा पसल जलेका छन्।  फुङलिङ नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रण गर्ने पहल गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिए ।