९ मंसिर २०८१, आईतवार
होम्स एचएमडी ग्लोबलले ‘नोकिया १.४’ सार्वजनिक गरेको छ। ६.५१ इन्च डिस्प्ले, शक्तिशाली ब्याट्री फोनको मुख्य विशेषता हो। यो फोनमा अहिले सम्मकै ठूलो आकारको डिस्प्ले राखेको बताएको छ।
ईमेल व्यवस्थापन गर्न, बिलहरू भुक्तान गर्न वा बच्चाहरूलाई अनलाइन कक्षाको प्रयोगका लागि फोन सहज छ। फोटोग्राफीका लागि गुगलको एआई द्वारा पहिले नै सुधारेको क्यामरा गो एपमा घर वा बाहिरका उत्कृष्ट क्लोज–अपहरू क्याप्चर गर्न म्याक्रो क्यामरा राखिएको छ।
गुगलको क्यामेरा गो एपमा जडित डुअल क्यामरा सेटअपले प्रयोगकर्तालाई कुनै पनि समयमा तथा कम प्रकाशको अवस्थाहरूमा समेत उच्च गुणस्तरको फोटोहरू लिन मद्दत गर्दछ। यसमा क्वालकोम चिपसेट र फिंगरप्रिन्ट सेन्सर छ। फोनमा ४ हजार एमएएच ब्याट्री छ। जसले प्रयोगकर्तालाई दुई दिनसम्म फोन चार्ज गरिरहन नपर्ने कम्पनीले बताएको छ।
यो फोन २ जिबी-३२ जिबी स्टोरेजमा पाइन्छ। फोनको मूल्य १२ हजार ८ सय ९९ सय रूपैयाँ तोकिएको छ। ग्राहकले यो फोन ग्रे र पर्पल डस्क रङमा किन्न पाउँछन्।