७ जेष्ठ २०८३, बिहीबार
राष्ट्रपति विद्यादेवी भण्डारीले ताप्लेजुङको दोभान बजारमा आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले आज एक वक्तव्य जारी गर्दै आगलागी प्रभावितहरुका लागि यथाशीघ्र राहत तथा पुनर्स्थापनाको पहल गर्न सरकारसँग आग्रह गरेकी छन् ।


राष्ट्रपति भण्डारीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘ताप्लेजुङको दोभान बजारमा भएको आगलागीबाट चार दर्जनभन्दा बढी घरसहित ठूलो मात्रामा धनमालको क्षति भएको खबरले मलाई दुःखी तुल्याएको छ । आगलागी प्रभावितहरूका लागि यथाशीघ्र राहत तथा पुनःस्थापनाको पहल गर्न सम्बद्ध पक्षको ध्यान आकृष्ट गर्दछु । हावाहुरी र खडेरीको मौसममा हुने आगलागी जस्ता विपद्को जोखिम न्युनीकरण गर्न पूर्व तयारीका साथै आवश्यक सचेतनासहित सुरक्षित संरचना विकास गर्नुपर्ने खाँचो महसूस गरेको छु ।’