९ मंसिर २०८१, आईतवार
रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘एफ’ को खेलमा जर्मनीले स्वीडेनलाई पराजित गरेका छन् । जर्मनीले स्वीडेनलाई २–१ गोलले पराजित गरेको हो । खेलको ४८औं मिनेटमा मार्को रेयुसले गोल गर्दै जर्मनीलाई बराबरीमा पुर्याए । स्वीडेनले पहिलो हाफसम्म १–० गोलको अग्रता लिएको थियो । जर्मनीको कमजोर डिफेन्स लाइनको फाइदा उठाउँदै स्वीडेनले गोल गरेको थियो ।
खेलको ३२औं मिनेटमा ओला टाइभोनेनले गोल गर्दै स्वीडेनलाई अग्रता दिलाएका थिए । जर्मनीले खेलको सुरुवातमै आक्रमक खेल खेलेको थियो । तर त्यसको सदुपयोग गर्न भने सकेन । पहिलो हाफको अन्तिम समयमा स्वीडेनले प्रहार गरेको बल जर्मनीका गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए ।
विश्वकप फुटबलको नकआउट चरणमा पुग्ने सम्भावना जर्मनीको बलियो बनेको छ । जर्मनीले २ खेलमा १ खेलमा हार र एक खेलमा जित हात पार्दै ३ अंक भएको छ । त्यस्तै, स्वीडेनको पनि समान ३ अंक रहेको छ । अब नकआउट चरणमा पुग्नका लागि जर्मनीले दक्षिण कोरियालाई पराजित गर्नै पर्ने हुन्छ । यता, स्वीडेनले अन्तिम खेल मेक्सिकोसँग खेल्दैछ । मेक्सिकोलाई स्वीडेनले पराजित गरेमा नकआउट चरणमा जाने सम्भावना कायमै हुन्छ । यस्तो अवस्थामा मेक्सिको, जर्मनी र स्वीडेनको जर्मनीले समान ६–६ अंक हुनेछ ।
जर्मनीको जितमा टोनी क्रुसले उत्कृष्ट गोल गरे । उनले डिबक्स बाहिरबाट खेलको केही सेकेन्ड बाँकी छदा गोल गरे । एकपछि अर्को आक्रमक खेल खेलेको जर्मनीले अन्तिम समयमा स्वीडेनलाई पराजित गरेको हो ।