थप १२० जनामा कोरोना संक्रमण पुष्टि, ८३ जना डिस्चार्ज

होमल्याण्ड खबर

२०७७ फाल्गुन २१ गते, शुक्रबार १६:३८ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप १२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  ६ हजार १४३ स्वाब नमूना परीक्षण गराउँदा १२० जनामा कोरोना संक्रमण देखिएको हो। संक्रमित हुनेमा ५१ महिला र ६९ पुरुष छन्। यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६०८ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा ८३ जना डिस्चार्ज भएका छन्। योसहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख हजार  ७० हजार ७६६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुनेको दर ९८.६ प्रतिशत हो। हाल देशभर सक्रिय संक्रमितको संख्या भने ८३२ रहेको छ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १० पुगेको मन्त्रालयले जनाएको छ।

यस्तै अहिले ५८ जना क्वारेन्टिन र ८३२ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।