१० मंसिर २०८१, सोमबार
आज १११औँ अन्तराष्ट्रिय नारी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष मार्च ८ तारिखलाई विश्वभर लैङ्गीक समानता र न्यायको पक्षमा वकालत गर्दै नारी दिवसको रुपमा मनाउने गरिएको छ ।
यस पटक नेपालमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने नारासहित यो दिवस मनाइँदै छ । नेपालको संविधानमा मौलिक हकअन्तर्गत धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ ।
आजका दिन संसारभरि विभिन्न कार्यक्रमहरु गरेर सामाजिक, आर्थिक लगायत विकासका अन्य धेरै आयामहरुमा महिलाहरुको सक्रिय सहभागीता र नेतृत्वको प्रशंसा गरिन्छ ।
समाजमा सुरक्षित भविष्य र समानताको लागि विभिन्न अभियानहरु चलिरहेका छन् । संघ, प्रदेश तथा पालिकाहरुमा प्रतिनिधित्वसहित राज्यका हरेक निकायमा महिलाको सहभागिता बढ्दै गएको छ । महिला हिंसा तथा उत्पीडन अन्त्यका लागि विभिन्न कानुन बनेका छन् । तर पनि नेपाली समाजमा महिलाहरुले यथोचित स्थान हाँसिल गर्न पाएका छैनन् ।
अझैपनि घरेलु वा पारिवारिक हिंसामा महिलाहरुमाथि दमन, विभेद र अत्याचार भईरहेको छ । महिला हिंसाका घटनामा कमी आउन सकेको छैन ।