कांग्रेस नेता जोशीको स्वास्थमा फेरि समस्या,भेन्टिलेटरमा राखेर उपचार हुँदै

होमल्याण्ड खबर

२०७७ फाल्गुन २५ गते, मंगलवार १५:५३ मा प्रकाशित

मस्तिष्कघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई पुनः भेन्टिलेटरमा राखेर उपचार थालिएको छ ।

शनिबारदेखि स्वास्थ्य अवस्थामा थप समस्या देखिएकोले उनलाई पुनः भेन्टिलेटरमा राखेर उपचार गरिएको चिकित्सकहरूले बताएका छन्।

फागुन १३ मा मस्तिष्कघात भएपछि ५७ वर्षका जोशीको नर्भिक अस्पतालमा उपचार जारी छ। उच्च रक्तचापका कारण जोशीलाई मस्तिष्कघात भएको चिकित्सकहरूले बताएका छन्। डाक्टर राजिव झा नेतृत्वको चिकित्सक टोलीले जोशीको उपचार गरिरहेको छ।

जोशीको स्वास्थ्य अवस्था बीचमा अलिकति सुधार भएपनि शनिबारदेखि फेरि स्वास्थ्यमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भैरहेको उपचारमा संलग्न डा.झाले जानकारी दिए ।