पछिल्लो २४ घण्टामा ५९ जना कोरोना संक्रमित थपिए

होमल्याण्ड खबर

२०७७ फाल्गुन २५ गते, मंगलवार १७:१५ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २ हजार ७१५ पीसीआर परीक्षण गर्दा ५९ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ८ सय ६९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६० संक्रमित निको भएका छन् । यससँगै हालसम्म निको हुनेको संख्या २ लाख ७० हजार ९ सय ८७ पुगेको छ ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । हालसम्म मुलुकभर ३ हजार १२ जनाले कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।