७ जेष्ठ २०८३, बिहीबार
नेपालमा पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ३ हजार ४८८ जनाको स्वाब परीक्षण गराउँदा १०४ जनामा कोरोना संक्रमण देखिएको हो। संक्रमित हुनेमा ४६ महिला ५८ पुरुष छन्। यो सहित संक्रमितको संख्या २ लाख ७४ हजार ९७३ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा थप ६३ जना निको भएर घर फर्किएका छन्। योसहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख ७१ हजार ५० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुनेको दर ९८.६ प्रतिशत हो।


अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १२ पुगेको मन्त्रालयले जनाएको छ। बुधबार कोरोनाबाट कसैको पनि मृत्यु एको छ।
हाल देशभर ९११ सक्रिय संक्रमित रहेका छन्। यस्तै अहिले ५५ जना क्वारेन्टिन र ९११ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।