१० मंसिर २०८१, सोमबार
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले १७ अंकको अग्रता लिएको छ । शनिबार राति भएको खेलमा फुल्हमलाई ३–० गोलले हराउँदै सिटीले शीर्ष लिग तालिकाको स्थानमा रहँदै १७ अंकको अग्रता लिएको हो ।
सिटीका लागि जोन स्टोन्स, गाब्रियल जिसस र सर्जियो अग्युएरोले एक–एक गोल गरेका थिए ।
खेलको ४७औँ मिनेटमा सिटीका स्टोन्सले गोल गर्दै खेललाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै ५६औँ मिनेटमा जिससले गोल गर्दै सिटीको अग्रतालाई दोब्बर बनाए । त्यसपछि ६०औँ मिनेटमा अग्युएरोले गरेको गोलसँगै म्यानचेस्टर सिटी ३–० गोलले विजयी भयो ।
यो जितसँगै ३० खेलबाट ७१ अंक जोडेको म्यानचेस्टर सिटीले दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडसँग १७ अंकको फराकिलो दूरी बनाएको छ । दुई खेल कम खेलेको युनाइटेडको ५४ अंक छ ।