विश्वभर संक्रमितको संख्या १२ करोड ४ लाख नाघ्यो

होमल्याण्ड खबर

२०७७ चैत्र २ गते, सोमबार ०८:०७ मा प्रकाशित

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या १२ करोड ४ लाख नाघेको छ । वल्र्डोमिटर्सका अनुसार आइतबार (आज) विहानसम्म विश्वभर कोरोना संक्रमितहरुको संख्या १२ करोड ०४ लाख ०२ हजार ०२१ पुगेको हो ।

त्यस्तै, हालसम्म विश्वमा २६ लाख ६४ हजार ७७४ संक्रमितहरुको मृत्यु भइसकेको छ । यसैबीच ९ करोड ६९ लाख ४५ हजार ९९४ जना संक्रमितहरु डिस्चार्ज भइसकेका छन् । हाल विश्वमा २ करोड ०७ लाख ९१ हजार २५३ कोरोनाका सक्रिय केसहरु रहेका छन्, भने ९ करोड ९६ लाख १० हजार ७६८ वटा कोरोनाका केसहरु बन्द भइसकेका छन् ।

विश्वमै कोरोना संक्रमणका कारण सबै भन्दा बढी अमेरिका प्रभावित बनेको छ । जहाँ संक्रमितहरुको संख्या ३ करोड ८१ हजार ६५७ पुगेको छ । जसमध्ये ५ लाख ४७ हजार २३४ संक्रमितहरुको मृत्यु भइसकेको छ, भने २ करोड २१ लाख ६९ हजार २३७ जना संक्रमितहरु डिस्चार्ज भइसकेका छन् ।

त्यस्तै, दोस्रो सबै भन्दा बढी प्रभावित देश ब्राजिल हो, जहाँ संक्रमितको संख्या १ करोड १४ लाख ८३ हजार ३७० पुगेको छ, भने २ लाख ७८ हजार ३२७ संक्रमितहरुको मृत्यु भइसकेको छ । त्यस्तै, १ करोड ६३ हजार ८०८ संक्रमितहरु निको भइसकेका छन् ।

तेस्रो बढी प्रभावित देश छिमेकी राष्ट्र भारत हो, जहाँ संक्रमितको संख्या १ करोड १३ लाख ८५ हजार १५८ पुगेको छ । यसैबीच १ लाख ५८ हजार ७६२ संक्रमितहरुको मृत्यु भइसकेको छ, भने १ करोड १० लाख ०५ हजार ४४५ संक्रमितहरु निको भइसकेका छन् । चौथो बढी प्रभावित देश रसिया हो, जहाँ संक्रमितको संख्या ४३ लाख ९० हजार ६०८ पुगेको छ । यसैबीच ९२ हजार ०९० को मृत्यु भइसकेको छ, भने ३९ लाख ९५ हजार ३०९ संक्रमितहरु निको भइसकेका छन् ।

विश्वनै आक्रान्त बनाएको कोरोना संक्रमणबाट नेपाल पनि अछुतो रहन सकेन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा संक्रमितको संख्या २ लाख ७५ हजार २३१ पुगेको छ । जसमध्ये ३ हजार १४ संक्रमितको मृत्यु भइसकेको छ, भने २ लाख ७१ हजार ३२६ संक्रमितहरु निको भइसकेका छन् ।