कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य गम्भीर, भेन्टिलेटरमा राखेर उपचार हुदै

होमल्याण्ड खबर

२०७७ चैत्र ४ गते, बुधबार ०६:४७ मा प्रकाशित

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । उनको नर्भिक अस्पतालमा भेन्टिलेटरमा रखेर उपचार भइरहेको छ ।                                                                                            उनका स्वकीय सचिव पुष्कर पाण्डेले दिएको जानकारी अनुसार जोशीको स्वास्थ्य गम्भीर रहेको छ । उनले भने, ‘केही मिडियाले गलत समाचार लेखे । यसले तनाव बढाएको छ । उहाँको भेन्टिलेटरमा रहेर उपचार नै भइरहेको छ ।’

पाण्डेका अनुसार नेता जोशीमा ब्रेनमा समस्या छ, रक्तचाप न्यून रहेको छ, फोक्सो र मुटुको चाल अहिलेसम्म स्थिर छ ।

जोशीको वरिष्ठ न्यूरो सर्जन डा. राजीव झा नेतृत्वको टोलीले उपचार गरिरहेको छ ।

गत फागुन १४ गते बेहोस भएर उनलाई अस्पतालमा भर्ना गरिएको थियो । मस्तिस्कघात भएका जोशीलाई बीचमा भेन्टिलेटरबाट आइसीयूमा सारिएको भए पनि पछि फेरि स्वास्थ्य बिग्रिएपछि भेन्टिलेटरमै राखेर उपचार भइरहेको हो ।