७ जेष्ठ २०८३, बिहीबार
राष्ट्रपति विद्यादेवी भण्डारीले आजका लागि सर्वदलीय बैठक आह्वान गरेकी छन् ।
राष्ट्रपति भण्डारीले संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरुलाई आज अपराह्न ४ बजे छलफलका लागि राष्ट्रपति भवन शीतल निवासमा बोलाएकी हुन् ।


राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीका अनुसार संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दल एवं पूर्वप्रधानमन्त्रीहरुलाई छलफलमा आमन्त्रण गरिएको छ ।
बैठकमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको हो ।