९ मंसिर २०८१, आईतवार
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नेपाल इन्फ्रास्टक्ट्रचर बैंक (निफ्रा) लाई स्पष्टिकरण सोधेको छ ।
निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले केही दिनअघि चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेन्जमा ३० मिलियन डलर बराबरको बोन्ड जारी गर्न लागेको बताएका थिए । उक्त समाचार सञ्चार माध्यमहरुमा प्रकाशन भएपछि नेप्सेले समचारलाई आधार मानेर यस विषयमा स्पष्टीकरण सोधेको हो ।
नेप्सेका कामु सहायक प्रवन्धक सुवोध ढुंगेलले उक्त समाचार के कति मात्रामा सत्य हो? निफ्राले रणनीतिक साझेदार भित्राउने विषयमा कोसंग कस्तो छलफल भइरहेको छ? कम्पनीले बैंक तथा वित्तीय संस्था र इन्स्योरेन्स कम्पनीहरुले खरिद गर्ने भनिएको बण्डको सम्बन्धमा के कति मात्रमा छलफल अघि बढाएको हो? भन्ने विषयमा स्पष्टिकरण माग गरेको बताएका छन् ।
नेप्से सञ्चालक समितिको चैत ३ गते बसेको बैठकले निफ्रालाई ३ दिनभित्र लिखित जवाफ पेश गर्न पत्राचार गरिएको बउनले ताएका छन् ।
यस्तै आगामी वर्ष १० प्रतिशत लाभांश दिने भन्दै भएको प्रचारबारे पनि नेप्सेले स्पष्टीकरण सोधेको छ ।
यस्ता सूचनाहरुले कम्पनीको सेयर मूल्यमा प्रभाव पार्छ । सेयर मूल्यमा प्रभाव पार्नसक्ने निर्णय गरे त्यसको २४ घण्टाभित्रै नेप्सेलाई जानकारी दिनुपर्ने व्यवस्था छ । तर सम्बन्धित निकायभन्दा बाहिरबाट यस्तो विषय बाहिर आएको भन्दै नेप्सेले स्पष्टीकरण मागेको हो ।