७ जेष्ठ २०८३, बिहीबार
महान्यायाधीवक्ता अग्नि खरेलले राजीनामा दिएका छन्। खरेलले राजीनामाबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएको प्रधानमन्त्री सचिवालय स्रोतले बताएको छ ।
खरेलले अहिले केहीबेरमा पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गर्ने तयारी गरेका छन् ।


सचिवालय स्रोतका अनुसार राजीनामापछि अब खरेल नेकपा एमालेको केन्द्रीय समिति बैठकमा मनोनित भएर सहभागि हुने छन् ।
पूर्व कानूनमन्त्री समेत रहेका खरेलले आगामी निर्वाचनका लागि झापाबाट तयारी गर्ने स्रोतले जनायो।
मन्त्रिपरिषद्को सिफारिसमा उनलाई राष्ट्रपति विद्या भण्डारीले २०७४ साल फागुन ८ गते महान्याधिवक्ता नियुक्त गरेकी थिइन्। वरिष्ठ अधिवक्ता खरेल नेकपा एमालेबाट दुवै संविधानसभाका सदस्य थिए।