फागुन २३ गते खोप लगाएका काठमाडौंका एक पुरुषमा कोरोना संक्रमण

होमल्याण्ड खबर

२०७७ चैत्र १० गते, मंगलवार १२:५६ मा प्रकाशित

पहिलो चरणको खोप लगाएका एकजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गत फागुन २३ गते कोरोनाविरुद्धको खोप लगाएका काठमाडौंका ७५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको टेकु अस्पतालका निर्देशक सागर राजभण्डारीले जानकारी दिए ।

खोप लगाएपछि शरीरमा इम्युनिटी विकास हुन एक महिनासम्म लाग्ने भन्दै उनले  ती व्यक्तिमा इम्युनिटी बन्नुअघि नै संक्रमण भएको हुनसक्ने बताए । ‘

संक्रमण देखिएको व्यक्तिमा निमोनिया, खोकी लगायत लक्षण देखिएको छ । खोप लगाउनासाथ इम्युनिटी नबन्ने भएकाले सचेत रहन निर्देशक राजभण्डारीले सबैलाई आग्रह समेत गरेका छन् ।

सोमबार टेकु अस्पतालमा ७४ जनाको परीक्षण गर्दा ६ जनामा पोजेटिभ देखिएको थियो । हाल४ जना संक्रमितआईसीयूमा र ६ जना वार्डमा छन् ।