७ जेष्ठ २०८३, बिहीबार
काठमाडौंको गोठाटारमा आपसी विवादमा प्रेमी-प्रेमिकाले जिउमै आगो लगाइदिएका छन् । आगलागीबाट २ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइते भएका दुवै जना प्रेमी-प्रेमिका हुन् ।
सोलुखुम्बु घर भइ गोठाटारमा डेरा गरी बस्दै आएकी १८ वर्षीया किशोरीको कोठामा उक्त घटना भएको हो ।


प्रहरीका अनुसार युवतीका प्रेमी काठमाडौंको जोरपाटी घर भएका सुरज श्रेष्ठ केही दिन अगाडि गोठाटारस्थित युवतीको कोठामा आएका थिए ।
कोठामा दुवैजनाबीच विवाद भएको थियो । विवादले उग्र रुप लिएपछि युवकले दुवै जना मर्ने भन्दै मट्टितेल छर्किएर आगो लगाएका थिए ।
आगोले जलेर युवतीको अनुहारसहित छातीभन्दा माथिको भाग जलेको छ । यस्तै, युवकको पनि पेटमा जलेको प्रहरीले जानकारी दिएको छ ।
कोठामा रहेका केही लत्ताकपडा पनि आगोल जलेर नष्ट भएका जनाइएको छ । आगोले जलेर घाइते भएकी युवतीको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ भने युवकको जोरपाटीस्थित शुष्मा कोइराला अस्पतालमा उपचार भइरहेको छ ।