४० वर्षपछि भारतिय जेलबाट छुटेका दुर्गा प्रसादले पाए नेपली नागरिकता

होमल्याण्ड खबर

२०७७ चैत्र १२ गते, बिहीबार १३:१२ मा प्रकाशित

 ४० वर्ष भारतकाे जेल जिवन बिताएर फर्किएका दुर्गाप्रसाद तिम्सिनाले ‘दीपक जैसी’ ले नेपाली नागरिकता पाएका छन् । विहीबार जिल्ला प्रशासन कार्यालय इलामबाट उनले नेपाली नागरिकता लिएका हुन् ।

सहायक सिडिओ झरेन्द्र प्रसाद चापागाई  र प्रमुख प्रशासकीय अधिकृत देवीचरण फुयाँलले उनलाई नागरिकता प्रदान गरे ।  दुर्गाप्रसादको परिवारले नागरिकताका लागि चासो देखाएपछि जिल्ला प्रशासन कार्यालयले पनि सहजीकरण गरिदिएको थियो।

योसँगै भारतमा क्षतिपूर्ति माग दाबीका लागि पहल गर्न भाइ प्रकाशचन्द्र तिम्सिना र भतिजा गोपाल तिम्सिनाको नाता प्रमाणिकरण प्रमाणपत्र पनि बनाइएको छ । उच्च अदालत कोलकाताले तिम्सिनमो परिवारले क्षतिपूर्ति मागे दिनू भनी आदेश दिए लगत्तै प्रक्रिया सुरु गर्न नाता प्रमाणिकरण गरिएको भाइ प्रकाशचन्द्रले बताए ।