प्रधानमन्त्री नेपाल र बंगलादेशबीच फाइनल खेल हेर्न रंगशाला जाने

होमल्याण्ड खबर

२०७७ चैत्र १६ गते, सोमबार ११:२१ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जाने भएका छन् ।

घरेलु मैदानमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल हेर्न प्रधानमन्त्री ओली साँझ ५ः३० बजे रंगशाला जाने कार्यक्रम रहेको नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

त्रिदेशीय फुटबल अन्तर्गत आज (सोमबारं) नेपाल र बंगलादेशबीच फाइनल खेल हुदैछ । खेल नेपाली समय अनुसार साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।