७ जेष्ठ २०८३, बिहीबार
काठमाडौंको शंखरापुर नगरपालिका–१ मा होली खेल्ने क्रममा एसिड प्रहार गर्दा तीनजना घाइते भएका छन् । होली खेल्ने क्रममा डेरीमा राखेको एसिड छ्याप्दा १६ वर्षीया किशोरी, ११ र ९ वर्षका बालक घाइते भएका हुन् ।
घाइते किशोरीको अनुहार र दुवै बालकको हातमा एसिड परेको प्रहरीले जनाएको छ ।


उनीहरुको सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए ।
एसिड प्रहार गरेको आरोपमा १७ वर्षका पवन पहाडी र १८ वर्षका आकास तामाङलाई प्रहरीले पक्राउ गरेको छ।
होली खेल्दै युवाहरु डेरीमा पुगेका थिए । उनीहरुले पानी माग्दा डेरी वालाले पानी भनेर ग्यालिनमा राखिएको दुधको फ्याट नाप्न प्रयोग हुने एसिड दिएपछि सो घटना भएको प्रहरीले जनाएको छ ।