चीन सरकारद्वारा उपलब्ध खोप प्रधानमन्त्रीलाई हस्तान्तरण

होमल्याण्ड खबर

२०७७ चैत्र १६ गते, सोमबार १६:४१ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोनाविरूद्धको ८ लाख डोज खोप हस्तान्तरण गरिएको छ।

नेपालका लागि  चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री ओलीलाई आज बालुवाटारमा आयोजित कार्यक्रममा चीन सरकारको तर्फबाट अनुदान स्वरूप कोरोनाविरूद्धको ८ लाख डोज खोप हस्तान्तरण गरेकी हुन् ।