७ जेष्ठ २०८३, बिहीबार
नेपालमा पछिल्लो २४ घण्टामा थप १४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
तीन हजार ११२ जनाको पीसीआर परीक्षण गरिएकोमा १४१ जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७६ हजार ९८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


त्यस्तै, पछिल्लो २४ घण्टामा ८२ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७२ हजार ६१२ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । हालसम्म देशमा कोभिड–१९ का कारण तीन हजार २७ जनाले ज्यान गुमाइसकेका छन् ।
हाल देशभर क्वारेन्टिनमा ५६ जना छन् भने आइसोलेसनमा एक हजार ३४१ जना रहेको मन्त्रालयले जनाएको छ ।