९ मंसिर २०८१, आईतवार
काठमाडौंमा बैंकको एटीएम ह्याक गरी रकम चोरी गर्ने १ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-२७ ठमेल ज्याठास्थित मेगा बैंकको एटीएम ह्याक गरेर पैसा निकाल्न खोजेको अवस्थामा प्रहरीले चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चिनियाँ नागरिक वाङ सेऊ लाङ छन् । एउटा व्यक्तिले एटीएम मेसिनको किबोर्डबाट पीन नम्बर ह्याक गर्न लागेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त दरबारमार्ग र प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले लाङलाई पक्राउ गरेको हो ।