देशभर थप १६२ जनामा कोरोना पुष्टि

होमल्याण्ड खबर

२०७७ चैत्र १८ गते, बुधबार १७:४३ मा प्रकाशित

नेपाल  थप १६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कूल ३ हजार ९१९ जनाको पीसीआर परीक्षण गर्दा बुधवार १६२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सहित देशभर कूल संक्रमितको संख्या २ लाख ७७ हजार ३०९ पुगेको छ । कूल संक्रमितमध्ये २ लाख ७२ हजार ७८६ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ५९ संक्रमित निको भएका छन् ।

कोरोना निको हुने दर ९८.४५ पुगेको छ  । बुधवार देशभर सक्रिय संक्रमितको संख्या १ हजार ४९३ रहेको छ ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान नगएको मन्त्रालयको तत्थ्याङ्कमा जनाइएको छ । हालसम्म कोरोनाले मृत्यु हुनेको संख्या ३ हजार ३० रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो समय भारतमा संक्रमितको संख्या बढेसँगै नेपालमा समेत जोखिम बढेको मन्त्रालयको भनाई छ ।