स्वयम्भू ठूलो भर्‍याङमा ट्याक्सीले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

होमल्याण्ड खबर

२०७७ चैत्र १९ गते, बिहीबार १५:२६ मा प्रकाशित

स्वयम्भू ठूलो भर्‍याङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । विहीबार विहान ट्याक्सीले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो ।

बालाजुबाट स्वयम्भूतर्फ जाँदै गरेको बा१ज ३८८६ नम्बरको ट्याक्सीले विपरित दिशाबाट आइरहेको बा प्र ०२०२४४७४२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार २२ वर्षीय शुभम् बज्राचार्यको घटनास्थलमै निधन भएको प्रहरीले बताएको छ ।

छाउनी निवासी मृतक बज्राचार्यको शव पोस्टमार्टमको लागि टिचिङ अस्पताल लगिएको छ भने ट्याक्सी चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।