७ जेष्ठ २०८३, बिहीबार
सरकारले अत्याधिक प्रदूषणका कारण बन्द गरेका विद्यालयहरू आइतबारदेखि पठनपाठन सुरू हुने भएको छ।
अत्याधिक वायु प्रदूषण बढेको भन्दै सरकारले चार दिन देशभरका विद्यालय बन्द गरेको थियो। तर दशभन्दा बढी स्थानीय तहहरूले आफूहरूको क्षेत्रमा प्रदूषण नरहेको भन्दै विद्यालय सञ्चालन गरिरहेका थिए।


वातावरणमा सुधार आएकोले पूर्ववत अवस्थामा आजदेखि विद्यालय सञ्चालन हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।
सरकारले चैत १७ देखि २० सम्म विद्यालय बन्द गरेको थियो। यसबीचमा एक दिन केहीबेर हल्का पानी परेको थियो। पानीले मौसम सुधार भएको दाबीसमेत गरिएको छ।