आज एकैदिन थप ४ संक्रमितकाे मृत्यु, २६६ जनामा काेराेना पुष्टि

होमल्याण्ड खबर

२०७७ चैत्र २३ गते, सोमबार १६:५२ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप  २६६ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । आज  ४ हजार ५ सय ३६ जनामा पीसीआर परीक्षण गर्दा २६६ संक्रमित थपिएका हुन् ।

सोमबार थपिएका २६६ संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७८ हजार २ सय १० पुगेको छ । हालसम्म नेपालमा २२ लाख ८९ हजार ८ सय २४ पीसीआर परीक्षण भएका छन् ।

कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, २४ घण्टामा १०२ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७३ हजार ३ सय ४२ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ ।

१ हजार ८ सय ३२ जना आइसोलेसनमा र ६४ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

No photo description available.