प्रधानमन्त्रीले भाेलि देशवासीका नाममा सम्बोधन गर्ने

होमल्याण्ड खबर

२०७७ चैत्र ३१ गते, मंगलवार ११:५९ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले नयाँ वर्षको अवसरमा भोलि बिहान ८ बजे देशको नाममा सम्बोधन गर्ने तयारी गरेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

उनले प्रधानमन्त्री ओलीले नयाँ वर्षको शुभकामना सहित प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेको जानकारी दिए ।

भोलिबाट २०७७ साल अन्त्य भइ २०७८ साल सुरु हुँदैछ ।