नेपालमा थप १२८१ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७८ बैशाख ६ गते, सोमबार १७:२९ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ८१ जनामा कोरोना पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा ७ हजार १ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २ सय २७ र ५ सय ४७ वटा एन्टीजेन परिक्षणका क्रममा थप ५४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८५ हजार ९ सय पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण  थप ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन हजार ९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ सय ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा दुई लाख ७५ हजार ५५५ जना संक्रमित निको भएका छन् ।

हाल नेपालमा ७  हजार २५४ जना आइसोलेशन र ८१ जना क्वारेन्टाइनमा छन् भने हालसम्म २३ लाख ५२ हजार ५०२ वटा पीसीआर परीक्षण गरिएको छ ।