९ मंसिर २०८१, आईतवार
नेपाल आयाल निगमले आन्तरिक हवाई इन्धनको मूल्य बढाएपछि हवाई भाडा पनि बढेको छ । सोमबार वायुसेवा सञ्चालक संघले हवाई भाडा बढाएको हो । सोमबार मात्रै निगमले आन्तरिक हवाई इन्धनका लागि प्रतिलिटर २ रुपैयाँ बढाए थियो । बढेको भाडालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत स्वीकृत गरेको संघले जनाएको छ ।
संघका अनुसार न्यूनतम १० रुपैयाँदेखि ८५ रुपैयाँसम्म भाडा बढाएको छ । सोमबार राति १२ बजेबाट लागु हुने गरी हवाई भाडा वृद्धि भएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले जानकारी दिए । हवाई भाडाको हवाई इन्धनमा लाग्ने मूल्य थप भएको हो । पर्वतीय उडानतर्फको भाडा ६५ रुपैयाँले बढको छ भने नेपालगन्जका लागि ६५ रुपैयाँ र भद्रपुरका लागि ६० रुपैयाँ वृद्धि भएको छ । काठमाडौंबाट सबैभन्दा कमदुरीको उडान सिमराको भाडा १५ रुपैयाँ बढेको छ ।