स्टिङ अपरेशनका ४०० मुद्दा खारेज हुने फैसला

होमल्याण्ड खबर

२०७८ बैशाख ८ गते, बुधबार १५:५१ मा प्रकाशित

स्टिङ अपरेशनका आधारमा मात्रै दायर भएका  ४ सय मुद्दा खारेज हुने भएका छन् । स्टिङ अपरेशनविरुद्ध अधिवक्ता विष्णुप्रसाद घिमिरेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेका ४ सय मुद्धा सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार खारेज हुने  आदेश दिएको हो ।

स्टिङ अपरेशन गरेर संकलित प्रमाण ग्रहण योग्य नरहेको बताउँदै सुनुवाइ भइसकेका वा न्यायिक प्रक्रियामा रहेका सबै मुद्दाहरु खारेज हुने आदेश दिएको बताइएको छ ।

अदालतको आदेशसँगै बदर भएका मुद्दामध्ये अधिकांश २०७० सालपछिका छन् । लोकमान सिंह कार्की प्रमुख आयुक्त भएयता अख्तियारले स्टिङ अपरेशनलाई तिब्रता दिएको थियो ।