७ जेष्ठ २०८३, बिहीबार
नेपालमा २४२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २३६५ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।


पछिल्लो २४ घण्टामा १० हजार १ जनाको पीसीआर र ४४७ को एन्टिजेन परीक्षण गरिएको थियो ।
योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ९२ हजार १५२ पुगेको मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा २५२ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७६ हजार३४५ पुगेको छ ।
निको हुनेको दर ९४.६ प्रतिशत रहेको प्रवक्ता गौतमले बताए ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ५ कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ११७ पुगेको छ ।
नेपालभर सक्रिय संक्रमितको संख्या १२,६९० पुगेको मन्त्रालयले जनाएको छ ।