आजदेखि पशुपतिनाथ दर्शनमा रोक

होमल्याण्ड खबर

२०७८ बैशाख १० गते, शुक्रबार ०८:३७ मा प्रकाशित

पशुपतिनाथको मन्दिरमा आजदेखि भक्तजनले पूजा तथा दर्शन गर्न नपाउने भएका छन् । पशुपति क्षेत्र विकास कोषले दोस्रो चरणको कोराना भाइरस संक्रमण बढ्दै गएकाले यसको नियन्त्रणका लागि पूजामा रोक लगाएको हो ।

कोषले बिहीबार एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमण नियन्त्रणका लागि आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि पशुपतिलगायतका मन्दिरमा दर्शन गर्न दर्शनार्थीलाई रोक लगाएको हो ।

वैशाख १० गतेबाट अर्को व्यवस्था नभएसम्मका लागि श्री पशुपतिनाथको मन्दिर, गुहेश्वरी मन्दिरलगायतका मन्दिरमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी व्यवस्था मिलाइएकोले कोषद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विश्वभर फैलिँदै गइरहेको नयाँ भेरियन्ट सहितको कोभिड १९ को सङ्क्रमण नेपालमा समेत बढ्दै गएको सन्दर्भमा रोकथाम तथा नियन्त्रणको लागि सक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सरकारले आदेश जारी गर्दै अर्को व्यवस्था नभएसम्मको लागि भक्तजनको लागि मन्दिर बन्द गरिएको विज्ञप्तिमा जनाइएको छ ।