७ जेष्ठ २०८३, बिहीबार
ताप्लेजुङमा गोली हानी शिक्षकको हत्या भएको छ ।
मेरिङदेन गाउँपालिका–२ सान्थाक्रा ५० वर्षीय खड्गबहादुर लिम्बुको गोली हानी हत्या भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।


जालपा आधारभूत विद्यालयका शिक्षक खड्गबहादुरलाई उनका आफ्नै काकाका छोरा २९ वर्षका प्रताप लिम्बुले भरुवा बन्दुकले हिर्काएर हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार खड्गबहादुर विद्यालयबाट घर आएको थाहा पाएपछि प्रतापले भरुवा बन्दुकले हिर्काएर हत्या गरेका हुन् ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।