सुशील कोइराला अस्पतालका ९० प्रतिशत कर्मचारीमा कोरोना संक्रमण

होमल्याण्ड खबर

२०७८ बैशाख १२ गते, आईतवार १०:३६ मा प्रकाशित

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल एक साताका लागि बन्द गरिएको छ । अस्पतालमा कार्यरत डाक्टर, नर्ससहित ९० प्रतिशत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आकस्मिक बाहेकका सबै सेवा वैशाख १८ गतेसम्मका लागि बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालले विरामीमा पर्न गएको असुविधा प्रति क्षमा मागेको छ । बाँकेमा पछिल्लो समय कोरोना संक्रमितको संख्या उच्च रहेको छ ।संक्रमित बढेसँगै बाँकेलगायत खुला सीमा नाका भएका क्षेत्रका अस्पतालमा बेडसमेत अभाव हुन थालेको छ ।

यसअघि कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिसकेको छ ।

प्रशासनले उपमहानगरपालिका क्षेत्रभर यही वैशाख ८ गतेदेखि वैशाख १५ गते राति १२ बजेसम्मका लागि अत्यावश्यक सेवा र त्यसका लागि प्रयोग हुने सवारी साधनबाहेक सबै सेवा र हिँडडुलमासमेत रोक लगाएको छ ।