७ जेष्ठ २०८३, बिहीबार
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकार तत्काल देशभर लकडाउन गर्ने पक्षमा नभएको बताएका छन् । कोरोना भाइरस संक्रमणको हटस्पटमा स्थानीय तहले लकडाउन गरे पनि अहिले देशभर लकडाउनको कुनै सम्भावना नभएको उनले बताए ।
आज नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने,‘ सरकार अहिले नै देशभर लकडाउन गर्न तयार छैन, स्थानीय तहले संक्रमणको जोखीम बढी भएको क्षेत्रमा आवश्यकताअनुसार लकडाउन गर्न सक्छ ’


यस्तै उनले आजको बैठकले एमाले कार्यकर्ता पंक्तिलाई कोभिड–१९ को नयाँ भेरियन्टविरुद्धको अभियानमा लाग्न निर्देशन दिने निर्णय गरेको जानकारी गराए ।
‘पछिल्लो समय देशभर कोरोना भाइरसको नयाँ भेरियन्ट बढिरहेको अवस्थामा कसरी पार्टी परिचालन गर्ने भन्नेबारे प्रधानमन्त्री एवं अध्यक्षले ब्रिफिङ गरेको उनको भनाइ छ ।
मन्त्री ज्ञवालीका अनुसार संक्रमण नियन्त्रणका लागि जिल्ला–जिल्लामा डेक्स राख्ने, विदेशबाट आएकालाई क्वारेन्टिनमा राख्नेजस्ता काममा खट्न निर्देशन प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।