७ जेष्ठ २०८३, बिहीबार
सोमबारदेखि लागू हुनेगरी काठमाडौं उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेका छन् ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको संयुक्त बैठकले जिल्ला प्रशासन कार्यालयले प्रदान गर्दै आएकाे अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेको हो ।


काेराेना संक्रमणकाे दर उच्च रहेकाे विषयलाई ध्यान दिँदैं जिल्ला प्रशासन कार्यालयले यस्ताे निर्णय गरेकाे हाे ।