सार्वजनिक स्थलमा कार्यक्रम गर्ने र सहभागी हुनेलाई कारवाही

होमल्याण्ड खबर

२०७८ बैशाख १२ गते, आईतवार १६:४२ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण दर तीव्र रुपमा बढेको भन्दै स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य पालना गर्न अनुरोध गरेको छ । मन्त्रालयले संक्रमणदर यहि संख्यामा बढे अस्पतालमा बिरामी राख्ने ठाउँको अभाव हुने लगायतका थुप्रै समस्या हुने भन्दै सुरक्षा अपनाउन आग्रह गरेको हो ।

मन्त्रालयले आज एक सुचना जारी गर्दै सभा–समारोह तथा सार्वजनिकस्थलमा कार्यक्रम नगर्न अनुरोध गरेको छ । यस्ता कार्यक्रम गर्ने र सहभागी हुने दुवैलाई कारबाहीको दायरामा ल्याउन मन्त्रालयले सम्बन्धित निकायहरुलाई सूचित गरेको छ ।  मन्त्रालयले कुनै पनि समाचार तथा सूचना सम्प्रेषण गर्दा मास्कको प्रयोग अनिवार्य गर्न भनेको छ ।

मास्कको प्रयोग नगरेका व्यक्तिका समाचार तथा सूचनालाई निरुत्साहित गर्न, बन्द गर्न ,प्रकाशन तथा प्रसारण नगरिदिन समेत स्वास्थ्य मन्त्रालयले सञ्चारमाध्यमहरुलाई अनुरोध गरेको छ ।