सबै परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिस

होमल्याण्ड खबर

२०७८ बैशाख १२ गते, आईतवार १९:१२ मा प्रकाशित

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सोमबारदेखिका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ ।

आइतबार बसेको बैठकले सोमबारदेखि हुने सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको सीसीएमसी स्रोतले जानकारी दिएको छ । यो सिफारिस अनुसार अब विद्यालय र क्याम्पसका सबै परीक्षाहरु स्थगित हुनेछन् ।